

तत्काललाई बीपी प्रतिष्ठानको समस्या टर्यो : स्वास्थ्यमन्त्री खतिवडा

विराटनगर – स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काललाई टरेको बताएका छन् ।
समाजवादी प्रेस संगठन मोरङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले तत्कालका लागि बीपीको समस्या टरेको बताएका हुन् ।
बीपीको काम कारबाही गर्नका लागि पाँच सदस्यीय टोली गठन गरेर धरान पठाएको बताउँदै उनले तत्काललाई समस्या टरेको बताए । वर्तमान पदाधिकारीलाई काम गर्न रोक लगाइएको उनले बताए ।
शनिबार बसेको क्याबिनेट बैठकले निर्णय गरेर श्यामसुन्दर यादवको नेतृत्वमा काम गर्नका लागि टोली पठाइएको बताए । मन्त्रालयको टोलीले काम थालेपछि वर्तमान पदाधिकारीले छानबिन नसकिएसम्म काम गर्न नपाउने बताए ।

