भक्तपुरमा घरको छतबाट खस्दा किशोरको मृत्यु


काठमाडौँ – भक्तपुरमा घरको छतबाट खस्दा एक किशोरको मृत्यु भएको छ। मध्यपुर थिमी नगरपालिका- १ लोकन्थली आँखा अस्पताल नजिक बस्ने अनुपम महतोका १६ वर्षीय छोरा सौरभ महतोको आफ्नै तीनतले घरको छतबाट खस्दा मृत्यु भएको हो।

धनुषाको जनकपुर उपमहानगरपालिका ६ घर भई हाल लोकन्थली बस्दै आएका किशोर आइतबार दिउँसो आफ्नै ३ तले घरको छतबाट अचानक खसेका थिए।

गम्भीर घाइते उनलाई उपचारको लागि तत्कालै समिट अस्पताल लोकन्थली लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले जानकारी दिए।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया