लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक बिदा


रूपन्देही – माघी पर्वको अवसरमा लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक बिदा हुने भएको छ ।

प्रदेश सरकारले दुई दिन सार्वजनिक बिदा दिने यसअघिको निर्णयलाई निरन्तरता दिएपछि लुम्बिनीमा माघ २ गते आइतबार सार्वजनिक बिदा हुने भएको हो ।

प्रदेश सरकार गठन भएको पहिलो वर्षदेखि थारु र मगर समुदायको महान् पर्व माघे संक्रान्ति र माघीको उपलक्ष्यमा माघ १ र २ गते प्रदेशभर सार्वजनिक बिदा दिँइदै आएको छ । यस वर्ष पनि सो बिदालाई निरन्तरता दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

बिगतका दिनमा प्रदेश सरकारको तर्फबाट पौष अन्तिम दिन अर्थात यस वर्ष पौष ३० गते प्रदेश सरकारको तर्फबाट साँस्कृतिक झाँकीसहित माघे संक्रान्ति एवं माघी मिलन कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिक्रिया