सुदूरपश्चिम प्रदेशमा माघ २ गते सार्वजनिक विदा


धनगढी – माघी पर्वको अवसरमा प्रदेश सरकारले सुदूरपश्चिममा थप एक दिन सार्वजनिक विदा दिएको छ । संघीय सरकारले माघ १ गतेका लागि मात्रै दिँदै आएको सार्वजनिक विदामा सुदूरपश्चिम प्रदेश सरकारले माघ २ गते पनि विदा दिएको जनाएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मी जोशीले माघी पर्वका लागि प्रदेश सरकारका तर्फबाट आइतबार थप एक दिन विदा दिइएको जानकारी दिइन् ।

सुदूरपश्चिममा पहाडी समुदायले माघ १ गतेलाई मकर संक्रान्ति पर्व(नरहरी) र तराईमा बसोबास गर्ने थारु समुदायले माघी पर्व मनाउने गरेका छन् ।

 

प्रतिक्रिया