आज दिनको भरको मौसम यस्तो रहने छ


काठमाडौँ – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ भने यतिबेला देशभर मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश १ र २ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली तथा देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी भेगमा एक वा दुई स्थानमा भने हल्का वर्षा हुने सम्भावना छ।

राति देशभर मौसम आंशिक बदली रहने बुलेटिनमा उल्लेख छ। महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ ‘ देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।’

प्रतिक्रिया