

प्रहरी चौकीमा प्रहरी र ट्राफिक प्रहरीबीच झडप‚ हवल्दार घाइते

धनगढी – दार्चुलामा प्रहरी चौकीमा नै प्रहरीहरूबीच झडप हुँदा एक प्रहरी हवल्दार घाइते भएका छन्। बुधबार राति करिब ८ बजे मालिकार्जुन प्रहरी चौकीमा कार्यरत प्रहरी र ट्राफिक प्रहरीबीच झडप भएको हो।
सवारी साधन चेकजाँचको विषयलाई लिएर विवाद भएको र विवादले उग्र रुप लिएपछि चौकी इन्चार्ज, ट्राफिक प्रहरी र प्रहरीका हवल्दारबीच विवाद बढ्दै गएपछि झडप भएको एक प्रहरी अधिकारीले जानकारी दिए।
मालिकार्जुन प्रहरी चौकीभित्रै उनीहरुबीच झडप भएको थियो। झडपमा प्रहरी हवल्दार मदनसिंह धामी घाइते भएको बताइएको छ। उनको हात र शरीरमा चोट लागेको छ।
झडपमा संलग्न सुरक्षाकर्मीहरूलाई राति नै इलाका प्रहरी कार्यालय गोकुलेश्वर झिकाइएको छ।

