मन्त्रिपरिषद सकियो, संबैधानिक परिषद अध्यादेश एजेन्डामा राखिएन


काठमाडौं – प्रधानमन्त्री निवासस्थल बालुवाटारमा बसेको मन्त्रिपरिषद्र बैठक सकिएको छ । साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक केही ढिला सुरु भएको थियो ।

विशेष गरेर संवै्रधानिक परिषद् सम्बन्धी अध्यादेशका बारेमा छलफल हुने गरी बोलाइएको अनुमान गरिएको बैठकमा सो अध्यादेशबारे एजेन्डा नै पेश नगरिएको जनाइएको छ । ।

साँझ ६ बजे बालुवाटारमा बोलाइएको मन्त्रिपरिषदको बैठकले अध्यादेशबारे केही पनि छलफल नभएको जनाइएको छ । बिहीबारको नियमित साप्ताहिक बैठकमात्र बसेको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

विवादित अध्यादेशबारे केही पनि चर्चासम्म पनि नभएको जनाइएको छ ।

सरकारले मन्त्रिपरिषद बैठकको हवाला दिँदै जारी गरेको अध्यादेश फिर्ता लिने प्रधानमन्त्री ओलीले बुधबारको नेकपा स्थायी कमिटी बैठकमा जनाएका थिए । तर, बिहीबार पुन परिषदको बैठक डाकिएपछि कार्यकारी अध्यक्ष प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग आपत्ति जनाएपछि परिषदको बैठक रोकिएको थियो ।

प्रचण्डले आजैको क्याबिनेटबाट अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । प्रधानमन्त्री ओलीले चाहिँ अध्यादेश फिर्ता लिन आनाकानी गर्दै राष्ट्रपतिलाई भेटेपछि मात्रै लिऔंला भन्ने जवाफ दिएको जनाइएको छ ।

प्रतिक्रिया