प्रचण्डसँग वार्तापछि प्रधानमन्त्रीले स्थगित गरे संवैधानिक परिषद बैठक


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुईजना अध्यक्षबीचको छलफलपछि बेलुका साढे ५ बजे बोलाइएको संवैधानिक परिषद बैठक स्थगित भएको छ ।

केहीबेरअघि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको थियो ।

छलफलपछि आज बोलाइएको बैठक स्थगित भएको जनाइएको छ । बेलुका ६ बजे भने मन्त्रिपरिषद् बैठक भने बस्ने जनाइएको छ ।

प्रतिक्रिया