राष्ट्रपति भण्डारी र बिमस्टेक महासचिव लाक्फेलबीच भेटवार्ता


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का महासचिव तान्जेन लाक्फेलले बुधबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

सो अवसरमा बिमस्टेक प्रक्रियालाई थप प्रभावकारी बनाई अघि बढ्न सदस्य राष्ट्रहरुबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको थियो ।

राष्ट्रपतिको कार्यालयका अनुसार त्यस अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया