पछिल्लो २४ घण्टामा थप ४३५ जनामा संक्रमण पुष्टि, मृत्यु शुन्य


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७१५ जनाको पीसीआर परीक्षणमा ३७० जना र ३ हजार ५५२ एन्टिजेन परीक्षण गर्दा ६५ जना गरी ४३५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हाल देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या ५, २२५ रहेको छ । जसमध्ये ४,८५२ जना होम आइसोलेसनमा छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या २३९ रहेको छ भने कोरोना सङ्क्रमणबाट कसैको मृत्यु भएको छैन ।

प्रतिक्रिया