धरानको अटोमा देउवा सरर !


धरान – प्रधानमन्त्री शेरबहादुर देउवा अहिले प्रदेश-१ को धरानमा छन्। हेलिकोप्टरमा धरान पुगेका उनी त्यहाँ पुगेर विभिन्न कार्यक्रममा सहभागी भएका छन्।

प्रधानमन्त्री देउवाले धरान उपमहानगरपालिका— ६ पानबारीमा फोहोर प्रशोधन केन्द्रको पनि उद्घाटन गरेका छन्। उक्त अवसरमा देउवाले फोहोर मैला प्रशोधनका क्रममा उत्पादित ऊर्जाबाट सञ्चालन हुने अटो सफारीको पनि उद्घाटन गरेका छन्।

उनले त्यसक्रममा केही बेर फोहोर मैला प्रशोधनबाट निस्किएको ऊर्जाबाट चल्ने अटो सफारीमै यात्रा गरे ।

धरान दिवसका अवसरमा धरान पुगेका देउवाले मंगलबार एकैदिन पार्टी कार्यालयदेखि फोहोर प्रशोधन केन्द्रसमेत उद्घाटन गर्न भ्याएका छन्।

प्रतिक्रिया