भेरी अस्पतालको क्वार्टरमा चारजना मृत अवस्थामा फेला, तीन बेहोस


काठमाडौं – नेपालगञ्जस्थित भेरी अस्पतालको क्वार्टरमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेको छ । तीन वर्षदेखि कार्यालय सहयोगीको रुपमा कार्यरत कालिकोट खाँडाचक्र नगरपालिका-६ का धनप्रसाद भट्टराईको परिवार सुतेको कोठामा घटना भएको हो। कार्यालय सहयोगीको क्वाटरमा विहान अबेरसम्म पनि ढोका नखुलेपछि हेर्दा सुतेका ७ जनामध्ये ४ जना मृत भेटिएका हुन्।

घटनामा २३ वर्षीय भट्टराईसहित उनकी आमा ४५ वर्षकी कोकिला, ३ महिने छोरा इप्सन र २७ वर्षीया दिदी नन्दकलीको मृत्यु भएको हो। श्रीमती, भाइ र अर्का एक छोरा बेहोस अवस्थामा भेटिएको भेरी अस्पतालका प्रमुख डाक्टर वीरेन्द्रबहादुर चन्दले जानकारी दिए।

उनकाअनुसार उनीहरु कोठा तातो बनाउन कोइला बालेर सुतेको र त्यसैका कारण अक्सिजनको कमी भएर निस्सासिएर घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

बेहोस अवस्थाका तीनजनाको भेरी अस्पतालमै उपचार भइरहेको छ।

प्रतिक्रिया