अध्यादेशले नेकपा विवाद उत्कर्षमा, खुमलटारमा नेकपा सचिवालयका ५ नेता


काठमाडौं– संवैधानिक परिषदसम्बन्धी अध्यादेशले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद थप चुलिएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि खुमलटारमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको बैठक बसेको छ।

अध्यादेश संविधानको मर्मविपरित आएको भन्दै तिव्र आलोचना गरेका प्रचण्डले अन्य नेतालाई बोलाएका थिए। नेकपाभित्रको विवादका कारण संवैधानिक परिषदको बैठकमा प्रचण्डको सल्लाहबमोजिम सभामुख अग्नी सापकोटा अनुपस्थित भएको भन्दै अध्यादेश जारी गरिएको थियो।

प्रतिक्रिया