कपिलवस्तुमा कार दुर्घटना हुँदा बैंक म्यानेजरको मृत्यु, दुई जना घाइते


काठमाडौं – कपिलवस्तुको बाणगंगामा ट्रकले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाइते भएका छन् ।

बा ६ च ११६४ नम्बरको कारलाई ट्रकले ठक्कर दिँदा बाणगंगा नगरपालिक-१ पिपराका अनुराग पाण्डेको दुर्घटनामा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

पाण्डे साइन रेसुङ्गा बैंक जितपुर शाखाका म्यानेजरसमेत थिए । उनी कपिलवस्तु जेसिजका पूर्वअध्यक्ष पनि हुन् ।

मंगलबार राति भएको दुर्घटनामा सुदीप खनाल र राजेश शर्मा गम्भीर घाइते भएका छन् ।

 

प्रतिक्रिया