ओमानले नेपाली कामदार संख्या बढाउने


काठमाडौं– ओमानले नेपाली कामदारको कोटा बढाउने तयारी गरेको छ। ओमानका श्रम मन्त्री डाक्टर महदविन सइद विन अलि बाउइनले ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीसँगको भेटमा नेपाली कामदारको कोटा बढाउन आफूहरु इच्छुक रहेको बताएका हुन।

श्रम मन्त्रीमा नियुक्त भएपछि भएको भेटमा राजदूत पराजुलीले नेपाली कामदारहरुका बारेमा उनको ध्यानाकर्षण गराएकी थिइन।  ओमानको परराष्ट्र नीति,श्रम नीति तथा जनशक्तिको अवस्था लगायतका विषयमा उनीहरुबीच छलफल भएको थियो। आफू नेपाली जनशक्तिबारे जानकार रहेको बताउँदै श्रम मन्त्री बाउइनले श्रम क्षेत्रमा विविधता भएमा मात्र मुलुकको विकास गर्न सकिने धारणा व्यक्त गरेका थिए।

नेपालको आर्थिक तथा सामाजिक पक्षमा जिज्ञासा राख्दै नेपाली कामदारहरुको प्रशंसा गर्दै उनले आगामी दिनमा ओमानमा नेपाली कामदारहरुको संख्या बढाउने गरि अझै बढी सहकार्य गर्न ईच्छुक रहेको बताएका थिए।  सन् २०२०को शुरुमा नेपालको संघीय संसद,प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिद्धारा ओमान लगायत खाडी राष्ट्रको स्थलगत अवलोकन गरि पेश गरेको ओमान सम्बन्धी प्रतिवेदनको बारेमा समेत राजदूत पराजुलीले ओमानका श्रम मन्त्रीलाई जानकारी गराएकी थिइन।

साथै राजदूत पराजुलीले र ओमान बीच हुने तयारी भएको श्रम सम्झौताको पछिल्लो अवस्थाबारे जानकारी गराइन ।
उक्त अवसरमा श्रम मन्त्री बाउइनले नेपाल र ओमान बीच हुने तयारीमा रहेको श्रम सम्झौताको हालसम्मको प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

उक्त भेटमा ओमानको श्रम मन्त्रालयको तर्फबाट पदाधिकारीहरु तथा दूतावासको तर्फबाट द्धितीय सचिव  सोमेश थापा र श्रम सहचारी  दिनेश ढकाल सहभागी भएका थिए।

प्रतिक्रिया