
भारतीय पूर्वकप्तान गांगुलीलाई कोरोना संक्रमण
नयाँदिल्ली – भारतीय क्रिकेटका पूर्व कप्तान एवं भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का अध्यक्ष सौरभ गांगुलीलाई कोरोना संक्रमण भएको छ ।
भारतको समाचार एजेन्सी आजतकले गांगुलीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
उनलाई वुडल्याण्ड्स अस्पतालमा भर्ना गरिएको पनि बीसीसीआई स्रोतलाई उद्धृत गर्दै आजतकले जनाएको छ ।
गांगुली भारतको राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत हुन् । ४९ वर्षीय गांगुलीलाई सन् २०२१ को सुरूमा हर्ट अट्याक भएको थियो ।



कागजपत्र |
