राष्ट्रपतिले जारी गरिन् संवैधानिक परिषद सम्बन्धी अध्यादेश, अब बहुमतका आधारमा निर्णय


काठमाडौं– संवैधानिक निकायमा नियुक्तिका लागि सरकारले जारी गरेको संवैधानिक परिषद सम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेकी छन्। 

संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेशमार्फत अब बहुमतका आधारमा विभिन्न निकायमा नियुक्ति सिफारिस हुनेछ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहनेछन्। सभामुख अग्नी सापकोटा मंगलबार बिहान परिषदको बैठकमा अनुपस्थित भएपछि आकस्मिक बैठक राखी प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश जारी गर्ने निर्णय गराएका थिए।

संवैधानिक परिषद् बैठक बस्न अध्यक्ष  र अन्य ४ जना उपस्थित हुनुपर्ने व्यवस्था छ। हाल उपसभामुख पद रिक्त छ भने सभामुख अग्नि सापकोटा बैठकमा अनुपस्थित रहँदै आउँदा गणपुरक संख्या नपुगेपछि अध्यादेशमार्फत प्रधानमन्त्री ओलीले बाटो फुकाएका हुन्।

प्रतिक्रिया