अध्यक्ष यादवलाई ‘मिथिला रत्न’ प्रदान


सप्तरी – आम सञ्चार प्राधिकरण प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादव (पथिक) ‘मिथिला रत्न’बाट सम्मानित भएका छन् ।

भारतको अयोध्याधाममा बुधवार आयोजित ‘उनैसौ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन’मा यादवलाई विहार सरकारका मन्त्री जिवेश मिश्रले ‘मिथिला रत्न’बाट सम्मानित गरेका हुन् ।

मैथिली भाषा तथा साँस्कृतिकमा अतुलनिय सेवाका लागि ‘मिथिला रत्न’ प्रदान गरिएको हो ।

आम सञ्चार प्राधिकरणका अध्यक्ष हुनुअघि दुई दशकदेखि सप्तरी जिल्लाबाट सक्रिय पत्रकारिता एवं लेखनमा थिए । उनी कलममार्फत मैथिली भाषालाई स्थापित गर्न निरन्तर लागि रहेका छन् ।

प्रतिक्रिया