


‘विकिनी किलर’ चार्ल्स शोभराजको मुद्दा सिन्हाको एकल बेन्चमा

काठमाडौं – कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा रहेका चार्ल्स शोभराज गुरुमुखको बन्दीप्रत्यक्षीकरण मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको छ ।
गोलाप्रथा प्रणालीअनुसार मुद्दाको पेसी तोकिँदा शोभराजको मुद्दाको सुनुवाइ न्यायाधीश सिन्हाको बेन्चमा परेको हो । उक्त मुद्दा बिहीबारको सुनुवाइमा पहिलो नम्बरमा नै परेकाे छ ।
उमेर र आधा सजाय कटाइसकेकाले आफूलाई छाड्नुपर्ने माग शोभराजको छ ।
विकिनी किलरको उपनामले पनि चिनिने शोभराजले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौ र कारागार कार्यालय जगन्नाथदेवललाई विपक्षी बनाई बुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए ।

