माओवादी राष्ट्रिय सम्मेलनमा अन्य दलहरुलाई नबोलाउने
काठमाडौं – नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा अन्य दलहरुलाई नबोलाउने भएको छ ।
यही पुस ११ देखि १३ गतेसम्म काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा हुने लागेको सम्मेलमा अन्य दलहरुलाई नबोलाउने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
आयोजकबाट १७९, सल्लाहकार समूहबाट १४९, जेष्ठ कम्युनिस्टबाट १२५, केन्द्रीय आयोगबाट ७५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७, प्रदेश प्रतिनिधिहरुबाट ८०३ र मनोनित ७३ जना गरी कूल १५३३ जना प्रतिनिधि सहभागी हुने प्रवक्ता महराले जानकारी दिए ।
प्रदेशहरुबाट ८ सय र अन्य विभिन्न कमिटीहरुबाट प्रतिनिधि छानिने प्रवक्ता महराले बुधबार पत्रकार सम्मेलनमा बताए । महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरु चयन भइसकेको उनले जानकारी दिए ।