न्याय सेवा आयोगको बैठक स्थगित


काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बुधबार बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ ।

न्याय परिषद सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले बुधबार विज्ञप्ति प्रकाशित गरी लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर हरको कारण बैठक स्थगित भएको जानकारी गराएका छन् ।

न्याय सेवाका राजपत्रांकित कर्मचारीको सरुवा-बढुवा लगायतको काम रोकिएको भन्दै प्रधानन्यायाधीश जबराले बुधबार दिउँसो ३ बजे बैठक राखेका थिए ।

प्रतिक्रिया