
अझै घट्यो सुन भाउ, तोलाको कति ?
काठमाडौँ – नेपाली बजारमा सुनको भाउ आज पनि ओरालो लागेको छ ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९२ हजार ६०० तोकिएको छ ।
पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजारमा कारोबार भएको थियो । मंगलबार प्रतितोला ८०० रुपैँयाले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार १०० तोकिएको छ यसको मूल्य मङ्गलबार प्रतितोला रु ९२ हजार ५०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १०ले बढेर रु एक हजार २४५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा आउने उतार चढावका आधारमा यहाँ दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८७ डलर आसपास कारोबार भइरहेको छ ।



कागजपत्र |
