१० दिनदेखि कैलालीका एक युवक बेपत्ता


काठमाडौं – कैलालीका एक युवक १० दिनदेखि बेपत्ता छन्। जिल्लाको गोदावरी नगरपालिका–११ ओलनीका १८ वर्षीय मुकेश साउँद १० दिनदेखि बेपत्ता रहेका हुन्।

उनी गत २७ मंसिरदेखि बेपत्ता भएका उनको परिवारले जनाएको छ। केही सुस्तमनस्थिति भएका साउँद ‘मिल जान्छु’ भन्दै घरबाट गएको बताइएको छ।

परिवारका अनुसार गहुँगोरो वर्णका उनले खैरो कलरको हुक ज्याकेट र जिन्सको पाइन्ट लगाएका छन्।

उनलाई देख्नेले नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ।

गत शनिबार मात्र घरबाट साथीहरुसँग निस्किएका कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।

प्रतिक्रिया