अन्तरजातीय विवाहपछि बेपत्ता भएका चन्द्रे कामी ८ दिनपछि भेटिए


सुर्खेत – अन्तरजातीय विवाह गरेपछि बेपत्ता भएका हुम्लाका चन्द्रे कामी भेटिएका छन् ।

गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन भएका कामी आज बिहान भेटिएको प्रहरीले जनाएको छ ।

उनलाई खार्पुनाथ गाउँपालिकामा हिडिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरका चन्द्रेले मंसिर ५ गते सोरु गाउँपालिका–४ लिब्र मुगुकी १७ वर्षीया मल्ल थरकी किशोरीसँग विवाह गरेका थिए ।

प्रतिक्रिया