
प्रधानन्यायाधीश जबराले बोलाए न्याय सेवा आयोगको बैठक
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले न्याय सेवा आयोगको बैठक बोलाएका छन्।
प्रधानन्यायाधीश जवराले भोलि (बुधबार)का लागि बैठक बोलाएका हुन् । नेपाल बार एसोसिएसनले जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको र सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि जबरासँग इजलास सेयर गर्न अस्वीकार गरिरहेको अवस्थामा जबराले आयोगको बैठक बोलाएका छन् ।
स्रोतका अनुसार उक्त बैठकमा आयोगले यसअघि सञ्चालन गरेको जिल्ला न्यायाधीशहरुको परीक्षाको नतिजा पनि प्रकाशनका गर्नेछ । जिल्ला न्यायाधीशको १८ पदका लागि दसैंअघि आयोगले परीक्षा लिएको थियो। असोज १२ देखि १७ गतेसम्म न्यायाधीशको लागि उक्त परीक्षा भएको थियो।
प्रधानन्यायाधीश जबरा अध्यक्ष रहेको न्याय सेवा आयोगमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश दीपककुमार कार्की, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य छन् ।
नेपाल बार एसोसियशनका कानुन व्यवशायीहरुले आज पनि प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्च परिसरमा नाराबाजी गरिहेका छन्



कागजपत्र |
