सन् २०१९ पछि जापानमा पहिलोपल्ट तीन जनालाई मृत्युदण्ड


काठमाडौं – जापानमा मंगलबार यसअघि सजाय सुनाइएका तीन जना कैदीलाई मृत्युदण्ड दिइएको छ । जापानी समाचार एजेन्सीका अनुसार प्रधानमन्त्री फुमिओ किशिडाको कार्यकालमा पहिलो पटक कसैलाई मृत्युदण्ड दिइएको हो ।

यसअघि अन्तिम पटक सन् २०१९ को डिसेम्बरमा जापानमा मृत्युदण्ड दिइएको थियो । एएफपीका अनुसार जापानको न्याय मन्त्रालयले भने तीन जनालाई मृत्युदण्ड दिइएको समाचारको पुष्टि गरेको छैन । एजेन्सी

प्रतिक्रिया