एमाले अध्यक्ष ओलीलाई कपिलवस्तुमा अभिनन्दन गर्दै कांग्रेस सांसद शाह


काठमाडौं – कपिलवस्तुबाट निर्वाचित नेपाली कांग्रेसका युवा सांसद अभिषेकप्रताप शाहले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अभिनन्दन गर्ने घोषणा गरेका छन् ।

आफ्नो पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न भोलि ६ गते कपिलवस्तु आउन लागेका प्रतिपक्षी दलका नेता ओलीलाई शाहले स्वागत तथा अभिनन्दन गर्ने भएका हुन् ।

‘कपिलवस्तुमा भोलि पूर्वप्रधानमन्त्री केपी ओली आउँदै हुनुहुन्छ । मेरो निर्वाचन क्षेत्र तथा मेरो कर्म भूमि बहादुरगंजमा उहाँको स्वागत तथा अभिनन्दन गर्न चाहन्छु,’ शाहले भनेका छन् ।

शाहले यसअघि जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पनि कपिलवस्तु आउँदा आफ्नै निवासमा स्वागत गरेका थिए ।

 

प्रतिक्रिया