नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा दाङका भण्डारी विजयी


दाङ – नेपाल जेसीज वर्ष २०२२ को लागि राष्ट्रिय अध्यक्षमा दाङका लालमणि भण्डारी निर्वाचित भएका छन्। नेपाल जेसीजको पोखरामा भएको ४८ औं राष्ट्रिय महाधिवेशनबाट भण्डारी राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका हुन्।

लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय अध्यक्षमा उम्मेदवारी दिएका भण्डारीले अत्यधिक मत ल्याएर सन २०२२ को राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका हुन्। उनले अध्यक्षमा विकास मानन्धर, श्यामसुन्दर पौडेल, गोकुल सापकोटा र शिवप्रसाद भुसाललाई पराजित गरेका हुन्।

गतबर्ष भएको निर्वाचनमा भण्डारी अध्यक्षमा पराजित भएका थिए। भण्डारीले नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष २०२०, राष्ट्रिय उपाध्यक्ष २०१९ , त्रिभुवननगर जेसीजको अध्यक्ष १०१८ लगायतका विभिन्न पदमा बसेर काम गरिसकेका छन्।

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा दाङकै नारायण भट्टराई निर्वाचित भएका छन्।

प्रतिक्रिया