चन्द्रागिरीमा ट्रक भिरबाट खस्यो, दुई जनाको मृत्यु


काठमाडौं– काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ वाडभञ्ज्याङस्थित सडकबाट ना २ क ३२३ नम्बरको ट्रक दुई सय मिटर तल खस्दा दुई जनाको मृत्यु भएको हो।

सिन्धुलीका २४ वर्षीय मनिष कार्की र २६ वर्षीय मानकुमार माझीको मृत्यु भएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ। मिनी ट्रक दामन कन्स्ट्रक्सनको भएको बुझिएको छ।

यीमध्ये कसले ट्रक चलाएको भन्ने खुलेको छैन। यद्यपि मानकुमार माझी ट्रयाक्टर चलाउँथे भने कार्की कन्स्ट्रक्सनका सुपरभाइजर भन्ने बुझिएको उनले जानकारी दिए।

प्रतिक्रिया