बम हमला हुँदै भन्ने भिडियाे टिकटक सार्वजनिक भएपछि विद्यालयहरु बन्द


काठमाडौं – डिसेम्बर १७ अर्थात शुक्रबार अमेरिकाका विभिन्न स्कुलहरूमा बम हमला र गोली प्रहार हुने भन्दै टिकटकमा भिडियाे सार्वजनिक भएपछि शुक्रबार अधिकांश विद्यालय बन्द भएका छन् । क्यालिफोर्निया, टेक्सस, मिनेसोटा र मिजरीका केही जिल्लाहरूमा विद्यालय बन्द गरिएको छ ।

अन्य केही जिल्लाहरुमा भने प्रहरीको सुरक्षामा कक्षा सञ्चालन गरिएको छ । टिकटकमा आएको यस्तो चेतावनीको भिडियाे कसले बनाएको हो वा कसरी यो कसरी फैलियो भन्ने विषयमा अझै पनि अनुसन्धान चलिरहेको छ ।

विद्यालयहरूले भने टिकटक भिडियाे मार्फत डिसेम्बर १७ को दिन विद्यालयहरूमा गोलि प्रहार हुने र बम विस्फोट हुने हल्ला सुनेपछि सतर्कताको रुपमा विद्यालय बन्द गरेका हुन् ।

कतिजनाले वास्तविक भिडियाे देखेको हो वा वास्तविक धम्की कहाँबाट आएको भन्ने चाही यकिन नभएकाे दी भर्जमा प्रकाशित समाचारमा उल्लेख छ । विभिन्न विद्यालयका विद्यार्थीहरूले पनि आफ्नो विद्यालयमा बम बिस्फोट गर्ने धम्की आएको भन्दै भिडिओ पनि बनाएका छन् ।

यस विषयमा टिकटकले आफ्नो आधिकारिक धारणा ट्वीटरमा पोस्ट गर्दै कम्पनीले यस्तो कुनै पनि धम्कीपूर्ण भिडियाे नपाएको बताएको छ ।

प्रतिक्रिया