


इराकी कुर्दिस्तान बाढीमा परी आठ जनाको मृत्यु

अर्बिल – उत्तरी इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रको राजधानी एरबिलमा मुसलधारे वर्षाका कारण आएको बाढीमा शुक्रबार आठ जनाको मृत्यु भएको प्रान्तीय गभर्नर ओमिद खोश्नाउले जानकारी दिएका छन् ।
‘बिहान ४:०० बजे शुरु भएको बाढीले महिला र बालबालिका सहित आठ जनाको मृत्यु भएको’ उनले एएफपीलाई बताएका छन् ।

