हेलिकोप्टर दुर्घटनामा जिवितै उद्धार गरिएका क्याप्टेन सिंहको निधन


नयाँदिल्ली – चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित १३ जनाको निधन हुने गरी भएको दुर्घटनामा जिवितै उद्धार गरिएका हेलिकोप्टर चालकको पनि निधन भएको छ । गत बुधबार तमिलनाडुमा भएको दुर्घटनामा परी रावतसवार हेलिकोप्टरका चालक भारतीय वायु सेनाका ग्रुप क्याप्टेनको जिवितै उद्धार गरिए पनि उपचारको क्रममा निधन भएको हो ।

हेलिकप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका ग्रुप क्याप्टेन वरुण सिंहको बुधबार निधन भएको भारतीय वायु सेनाले जनाएको हो । दुर्घटनामा जलेर गम्भीर घाइते भएका सिंहलाई जीवितै उद्दार गरिएको थियो । तर उपचारका क्रममा उनको निधन भएको हो ।

डिसेम्बर ८ गते तमिलनाडुको कुनूर नजिकै भारतीय वायु सेनाको एमआई(१७भी५ हेलिकप्टर दुर्घटना हुँदा चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित १३ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

गत बुधबार तमिलनाडुको सुलुरस्थित सैन्य शिविरबाट वेलिङ्टन जाने क्रममा रावतसहित १४ जना सवार हेलिकप्टर बाक्लो कुहिरोका कारण दुर्घटना भएको थियो ।

प्रतिक्रिया