देउवालाई बधाई दिँदै अमेरिकाले भन्यो : प्रजातन्त्र, मानव अधिकार तथा निष्पक्ष निर्वाचनका पक्षमा प्रतिबद्ध छौँ
काठमाडौं – कांग्रेस सभापतिमा पुनस् निर्वाचित भएकोमा अमेरिकाले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएको छ । १४औं महाधिवेशनबाट दोस्रो पटक सभापतिमा निर्वाचित भएकोमा अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत बधाई दिएको हो ।
सामाजीक सञ्जाल टुवीटरमार्फत बधाई दिंदै अमेरिकाले प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्र तथा निष्पक्ष निर्वाचनका पक्षमा प्रतिबद्ध रहेको जनाएको छ ।
प्रधानमन्त्रीसमेत रहेका देउवा कांग्रेसको १४ औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका हुन् । दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ८ सय ७८ मतले पराजित गर्दै उनी सभापति बनेका हुन् ।सोमबार भएको मतदानमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि बढी मत ल्याउने दुई जनाबीच मंगलबार पुनः निर्वाचन गराएर कांग्रेसको नेतृत्व चयन गरिएको हो ।
Congratulations to Right Honorable Prime Minister @SherBDeuba for his re-election as the president of the Nepali Congress. The U.S. remains committed to democracy, human rights and free and fair elections.
— U.S. Embassy Nepal (@USEmbassyNepal) December 15, 2021