एमाले उपमहासचिव ज्ञवालीलाई कोरोना पुष्टी


काठमाडौं –  नेपाल कम्युनिस्ट पार्टी एमालेका उप–महासचिव प्रदीप ज्ञवालीलाई कोभिड–१९ संक्रमण भएको छ ।

ज्ञवालीले ट्विट गर्दै सामान्य लक्षण सहित संक्रमण पुष्टि भएको उनले जनाएका छन्। उनले पछिल्लो ४–५ दिन यता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र संक्रमणका कुनै लक्षण देखिए परीक्षण गराउन आग्रह गरेका छन्।

पछिल्लो समय नेपालमा कोभिड १९ को संक्रमण दर बढ्न थालेको छ। अस्पतालमा उपचार गराउन आउनेको संख्या बढेको देखिएकाले सतर्क रहन चिकित्सकहरुले आग्रह गरेका छन्।

प्रतिक्रिया