१ सय ३७ अङ्कले बढेर नेप्से परिसूचक २४ सय १८ विन्दुमा


काठमाडाैं – केही दिनयता घटेकाे शेयर बजार आज बढेकाे छ । आज १ सय ३७ अङ्कले बढेकाे नेप्से परिसूचक दुई हजार चार सय १८ विन्दुमा पुगेकाे हाे ।

नेप्से कारोबारको तेस्रो दिन मंगलबार सकारात्मक सर्किट लागेर बन्द भएको छ । कारोबार शुरु भएको दुई घण्टा नबित्दै पाँच प्रतिशतले बढेर ४० मिनेटको लागि बन्द भएको नेप्से पुनः ६ प्रतिशतले बढेर नियमित समयभन्दा अगावै बन्द भएको हो ।

यस अवधिमा नेप्से १३७ दशमलव १८ अंकले बढेर दुई हजार चार सय १८ दशमलब ८४ विन्दुमा पुगेको छ । त्यस्तै, मंगलबार सेन्सेटिभ सूचकमासमेत ५ दशमलव १९ प्रतिथशत वा २२ दशमलव ७२ अंकको बढोत्तरी हुँदा ४ सय ६० दशमलव ३० अंकमा पुगेर रोकिएको छ ।

यसैगरि, कारोबार रकम भने ४० लाख ८५ हजार ९ सय ५६ कित्ता माथी कित्ता शेयर कारोबार हुँदा १ अर्व ८४ करोड २६ लाख ७ हजार १ सय ४४ रुपैयाको कारोबार भएको छ ।

प्रतिक्रिया