काठमाडौं आइपुग्यो १९ लाख डोज मोडर्ना खोप, क-कसले लगाउन पाउने?


काठमाडाैं – जर्मन सरकारले उपलब्ध गराएको कोभिड–१९ विरुद्धको १९ लाख ६५ हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको छ । जर्मन सरकारले कोभ्याक्स सुविधामार्फत उक्त खोप उपलब्ध गराएको थियो ।

उक्त खोप आज काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति महाशाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिए । यसअघि नेपालले १६ लाख ८५ हजार ६०० डोज मोडर्ना खोप प्राप्त गरेको थियो ।

योसँगै नेपालले ३६ लाख ५० हजार ६ सय डोज मोडर्ना खोप प्राप्त गरिसकेको छ । पहिलो पटकमा १ लाख ८८ हजार ४०० र दोस्रो खेपमा १४ लाख ९७ हजार २०० डोज मोडर्ना खोप नेपाल आएको थियो ।

कोभ्याक्स सुविधामार्फत प्राप्त भएको उक्त खोप नेपालले १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिइनेछ । यहि पुस ४ गतेदेखि १४ गतेसम्म ५७ जिल्लाका उक्त उमेर समूहका बालबालिकालाई खोप दिने योजना रहेको प्रमुख डा. चौरसियाले बताए ।

प्रतिक्रिया