
अख्तियार प्रमुख राई भ्रष्टाचार विरुद्धको सम्मेलनमा सहभागि हुन इजिप्ट जाँदै
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई विदेश भ्रमणमा जाँदैछन्। शुक्रवार भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय सम्मेलन–२०२१ मा सहभागी हुन राई इजिप्ट जान लागेका हुन्।
आयोगका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद रिसालका अनुसार प्रमुख आयुक्तसँगै अख्तियारका सचिव तोयम राया पनि सम्मेलनमा सहभागी हुन शुक्रवार दिउँसो त्यसतर्फ प्रस्थान गर्नेछन्।
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय सम्मेलन सोमबारबाट इजिप्टमा शुरु हुँदैछ। सो सम्मेलनमा विश्वभरबाट भ्रष्टाचार नियन्त्रण गर्ने निकायका प्रमुखहरु सहभागी हुनेछन्।



कागजपत्र |
