नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठक सुरु


काठमाडौं – सभापतिको साझा उम्मेदवारको टुङ्गो लगाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक अहिले बसिरहेको छ ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको बैठकले सभापतिका लागि साझा उम्मेदरवार तय गर्ने र त्यसपछि अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारको टुङ्गो लगाउने बताइएको छ ।

बैठकमा वरिष्ठ नेता पौडेलसहित नेताहरु सहभागी हुनुहुन्छ । बैठक सुरु भएपछि केहीबेरमै बाहिर निस्किँदै नेता पौडेलले सञ्चारकर्मीहरुसँगको सङ्क्षिप्त प्रतिक्रियामा सभापतिका लागि सो समूहबाट आकाङ्क्षी बन्नुभएका चारैजना नेताहरु बैठकमा नबस्ने र बैठकमा सहभागीहरुले छलफल गरी गर्ने निर्णयलाई आफूहरुले मान्ने बताए ।

मङ्गलबार दिनभर सभापतिका आकाङ्क्षीसहित केन्द्रीय सदस्यहरूको बैठकले सभापतिको नाम टुङ्गो लगाउन खोजे पनि सहमति नभएपछि आजका लागि बैठक बोलाइएको थियो । आउँदो शुक्रबारदेखि काठमाडौँमा कांग्रेस महाधिवेशन सुरु हुँदैछ ।

प्रतिक्रिया