पिपुल्स हाइड्रो कम्पनीले सर्वसाधराणहरूका लागि ९६ लाख कित्ता आईपीओ जारी गर्दै


काठमाडौँ  – पिपुल्स हाइड्रोपावर कम्पनीले सर्वसाधराणहरूका लागि ९६ करोड बराबरको साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणको लागि प्रतकित्ता १०० रुपैँयाका दरले ९६ लाख कित्ता अर्थात् ९६ करोड बराबरको आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ । कम्पनीको सेयर प्रत्याभूतिकर्ता सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका छन् ।

हाइड्रोपावरको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल रहेको छ ।

प्रतिक्रिया