नेपालमा कोरोनाः पछिल्लो २४ घण्टामा थप २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको ६ हजार ७९७ जनाको परीक्षणमा थप २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्ले २४ घण्टामा थप ३ सय ९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म ८ लाख ४ हजार १०८ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमण मुक्त हुनेको दर ९७.८ प्रतिशत रहेको छ । हाल देशभर ६ हजार ७४४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ५ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर ११ हजार ५४० जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ३० हजार ६८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म १ करोड ८९ लाख ९२ हजार ९०४ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये ८६ लाख ६७ हजार २५९ जनाले पूर्ण मात्रा र १ करोड ३ लाख २५ हजार ६४७ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको दाबी रहेको छ ।

प्रतिक्रिया