
राष्ट्रपति भण्डारीद्वारा मङ्सिर २८ गते संसद् अधिवेशन आह्वान
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले यही मङ्सिर २८ गते मङ्गलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको बैठक आह्वान गरेकी छन् ।
राष्ट्रपति भण्डारीले नेपाल सरकारको आज (मङसिर १६ गते)को निर्णय र सिफारिसबमोजिम नेपालको संविधानको धारा ९३ को १ बमोजिम बैठक आह्वान गरेको राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।



कागजपत्र |
