प्रधानन्यायाधीश राणाको स्वास्थ्य सामान्य


काठमाडौं — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अवस्था सामान्य रहेको सशस्त्र प्रहरी अस्पतालले जनाएको छ।

कोरोना संक्रमण भएपछि राणालाई सोमबार साँझ अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालका अनुसार राणाको स्वास्थ्य अवस्था स्थिर र सामान्य रहेको छ। उनलाई कोभिडविरुद्धको औषधी सुरु गरिएको पनि अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया