टंकलाल घिसिङ राखेप सदस्य सचिवमा नियुक्त


काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि तत्कालिन राखेप सदस्य सचिव रमेश सिलवाल बर्खास्त भएका थिए ।

नयाँ सदस्य सचिवको नाम सिफारिस गर्न युवा तथा खेलकुद मन्त्रालयले एक सिफारिस सिमिति गठन गरेको थियो ।

घिसिङ नेपाल रग्वि संघका अध्यक्ष हुन् । उनी नेकपा माओवादी केन्द्रको वागमती प्रदेश सचिवालय समितिका सदस्य पनि हुन् ।

प्रतिक्रिया