
हुम्लामा भोकमरी : आजदेखि लिमीमा खाद्यन्न ढुवानी गरिंदै
हुम्ला – हुम्लामा आज (सोमबार) देखि खाद्यन्न ढुवानी हुने भएको छ । एक सातादेखि भोकमरीको सामना गर्दै आएको नाम्खा गाउँपालिका–६ लिमीमा खाद्यन्न ढुवानी गरिने जिल्ला प्रशासन कार्यालय हुम्लाले जानकारी दिएको छ ।
गृह मन्त्रालयको निर्देशन अनुसार रक्षा मन्त्रालयले आइतबार सेनाको एमआई १७ हेलिकोप्टर पठाएको थियो । नेपाली सेनाले जिल्ला प्रशासन हुम्लाको समन्वयमा हेलिकोप्टरमार्फत खाद्यन्न ढुवानी गर्न लागेको हो ।
सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले आइतबार खराब मौसमका कारण सुर्खेतबाट हेलिकोप्टर साँझ पठाइएको बताएका थिए । ‘हिजो खाद्यन्न ढुवानी गर्न सकिएन । अहिलेदेखि खाद्यन्न ढवानी हुन्छ’, प्रवक्ता पौडेलले भने । जिल्ला प्रशासन कार्यालय हुम्लाका अनुसार सिमकोट खाद्य संस्थान र चीनले पठाएको खाद्यन्न ढुवानी गरिने जनाएको छ ।



कागजपत्र |
