मोदी सरकारले नेपालमा हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापना गराउन लागि परेका छन् : जोगीन्दर शर्मा


काठमाडौं – भारतीय कम्युनिष्ट मार्क्सवादी पार्टीका नेता जोगीन्दर शर्माले भारतको नरेन्द्र मोदी सरकारले नेपाललाई हिन्दु राष्ट्र र राजतन्त्रलाई पुनर्स्थापना गराउन लागि परेको बताएका छन् ।

नेकपा एमालेका बन्द सत्रलाई सम्बोधन गर्दै शर्माले सन् २०२५ सम्ममा मोदी सरकारले भारतलाई पनि हिन्दु राष्ट्र बनाउन खोजेको बताएका छन् ।

उनले मोदी नेतृत्वको सरकारले भारतमा मात्रै नभएर दक्षिण एसियाबाट कम्युनिष्ट आन्दोलन समाप्त पार्ने कोसिसमा रहेको भन्दै त्यसतर्फ सचेत गराएका छन् ।

उनले मोदीको तानाशाही सरकारलाई किसान आन्दोलनको बारेमा बझ्नु पर्ने बताएका छन् ।

प्रतिक्रिया