

आज नेपाल बारले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्दै

काठमाडौँ – नेपाल बार एशोसिएसनले आज (बिहीबार) सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्दै छ । बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए । नागरिक समाजका सदस्यहरू, विभिन्न पेसाकर्मी, साथीहरूले संयुक्त रूपमा मार्चपासमा गर्ने उनको भनाइ छ ।
प्रधानन्यायाधीश जबरा बालुवाटारका कारण लुकेर न्यायालय आउने गरेको आरोपमा अब बारले सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्न लागेको हो ।
जनताको तर्फबाट सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्च गर्ने प्रस्ताव आइरहेको बारले जनाएको छ ।

