
सर्वोच्च अदालतमा मंसिर १५ देखि गोला प्रथा लागू हुने सहमति
काठमाडौं – सर्वोच्च अदालतका न्यायाधीशहरूको फुलकोर्ट बैठक सकिएको छ । बैठकले आगामी १५ गतेबाट पेसी व्यवस्थापनमा गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाहेकका अरु न्यायाधीशहरुको बुधबार भएको छलफलले मंसिर १५ गतेदेखि गोला प्रथाबाट इजलास तोक्ने समझदारी गरेको एक न्यायाधीशले जानकारी दिए ।
गोला प्रथाबाट इजलास तोक्ने निर्णय गर्न बिहीबार पूर्ण बैठक बोलाइएको छ । यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेको थियो । संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ ।
यसअघि सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले इजलास गठन र मुद्दाको पेशी तोक्ने गरेका थिए ।



कागजपत्र |
