काँग्रेस खोटाङको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु


खोटाङ – नयाँ नेतृत्व चयनका लागि नेपाली काँग्रेस खोटाङको मतदान सुरु भएको छ ।

काँग्रेस जिल्ला कार्य समितिको सात पदाधिकारी, ३२ जिल्ला सदस्यसहित २५ जना संघीय महाधिवेशन प्रतिनिधि छनोटका लागि बुधबार बिहान ८ बजेदेखि दिक्तेलको सरस्वती माविमा मतदान सुरु भएको हो ।

काँग्रेस खोटाङको सभापतिका लागि पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सर्वधन राई र पूर्वसभापति विष्णुकुमार राई चुनावी मैदानमा उत्रिएका छन् । जिल्ला सभापतिका लागि शेरबहादुर देउवा निकट पूर्वराज्यमन्त्री राई र रामचन्द्र पौडेल निकट पूर्वसभापति राई प्रतिस्पर्धामा उत्रिएका छन् ।

काँग्रेस निर्वाचनमा एक हजार तीन सय ७८ मतदाता सहभागी हुने भएकाले दिनभर मतदान हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया