बसकाे ठक्करबाट गोरखाका विद्यार्थी नेता देवकोटाको ज्यान गयाे
गाेरखा – नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी पालुङटार नगर कमिटीका संयोजक सुवर्ण देवकोटाको दुर्घटनामा ज्यान गएकाे छ ।
पालुङटार नगरपालिका ४ घर भएका देवकोटाको तनहुँको भन्सार भन्ने ठाउँमा आज मङ्गलवार भएको दुर्घटनामा ज्यान गएकाे हाे ।
डुम्रे जाँदै गरेका देवकोेटा चढेको बा ४५ प २३८ नम्बरकाे स्कुटरलाई ना ६ ख ९१३४ नम्बरको बसले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको इलाका प्रहरी कार्यालय डुम्रेका प्रहरी सहायक निरीक्षक डम्बर क्षेत्रीले बताए ।
बसकाे ठक्करबाट गम्भीर घाइते भएका देवकोटाको डुम्रेको मोती अस्पतालमा प्रारम्भिक उपचार गरिएको र थप उपचारका लागि दमौली अस्पताल लैजाने क्रममा ज्यान गएकाे उनले बताए । ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।