कार्यकालमा सबैभन्दा बढी उमेर पुग्ने पहिलो अमेरिकी राष्ट्रपति बने बाइडेन


काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेन ह्वाइटहाउसमा कार्यरत इतिहासकै सबैभन्दा बढी उमेरका राष्ट्र प्रमुख बनेका छन् । उनी गएको शनिबार मात्र ७९ वर्षको भएका हुन् । र आफ्नो जन्मदिनको अघिल्लो दिन उनले नियमित शारीरिक स्वास्थ्य जाँच पनि गराएका छन् ।

उनको परीक्षणपछि ह्वाइटहाउसका फिजिसियन डाक्टर केभिन ओ कोनोरले बाइडेन ७८ वर्षीय स्वस्थ पुरुष भएको र राष्ट्रपतिको सम्पूर्ण जिम्मेवारी निभाउन एकदम सक्षम रहेको बताएका थिए । यसरी पूर्व राष्ट्रपतिहरुसँग तुलना गर्दा बाइडेन र उनका पूर्ववर्तीहरुबीचको उमेरमा धेरै अन्तर देखिन्छ ।

शपथ ग्रहण गरेका राष्ट्रपतिहरुको औसत उमेर ५६ रहेको छ । तर बाइडेन भने सत्तामा आउँदै ७८ वर्ष पुगेका थिए । उनीपछिका अर्का सबैभन्दा जेष्ठ राष्ट्रपति हुन् डोनाल्ड ट्रम्प । ट्रम्पले २०१७ मा राष्ट्रपतिको पदभार गर्दा ७० वर्षको थिए ।

प्रतिक्रिया